Logo
Logo

सरकारको निर्णयविरूद्ध हंगेरीमा हजारौंको प्रदर्शन


दृष्टि संवाददाता


काठमाडौं । हंगेरीको राजधानी बुडापेस्टमा हजारौं नागरिकले प्रदर्शन गरेका छन् । सांघाईको फुदान विश्वविद्यालयको क्याम्पस आफ्नो सहरमा बनाउने सरकारको निर्णयविरूद्ध शनिबार हजारौं मानिसले सडकमा प्रदर्शन गरेका हुन् ।

सरकारले प्रदर्शनमा लगाएको प्रतिबन्धका बाबजुद् झन्डै १० हजार मानिस सडकमा निस्केर प्रदर्शन गरेपछि यो योजनाले भविष्यमा थप विवाद सिर्जना गर्ने देखिएको समाचारमा उल्लेख छ ।

बुडापेस्टमा बनाउने तयारी भइरहेको क्याम्पस फुदान विश्वविद्यालयको युरोपमा पहिलो भौतिक उपस्थिति हुनेछ । साढे १ अर्ब अमेरिकी डलर खर्च हुने क्याम्पस बनाउन चिनियाँ कम्पनी र कामदार जानेछन् ।

‘स्टुडेन्ट सिटी’ को अवधारणा अनुसार चिनियाँ विश्वविद्यालयको क्याम्पस पनि बनाउन लागिएको हो । अर्को वर्ष चुनाव आउन लागेकाले प्रधानमन्त्री भिक्टर अर्बानका विपक्षीहरूले उक्त प्रोजेक्टलाई महत्वका साथ उठाइरहेका छन् । चार कार्यकालदेखि सत्तामा रहेको अर्बानको पार्टीले कसरी भ्रष्टाचार गरिरहेको छ भन्ने यो एक नमूना भएको विपक्षीहरूको आरोप छ ।

मत सर्वेक्षणहरूले धेरै हंगेरियनहरू उक्त प्रोजेक्टको विपक्षमा रहेको देखाएका छन् । यसअघि सहरका अधिकारीहरूले प्रोजेक्टको विरोधमा क्याम्पस बन्न लागेको ठाउँका सडकका नाम नै परिवर्तन गरिदिएका थिए ।

चीनलाई चिढ्याउन उनीहरूले चार वटा सडकका नाम ुफ्री हङकङ रोडु, उइगुर मार्टर्ज रोड, दलाइ लामा रोड र बिसुह्प सिए सिगुआङ रोडु राखेका थिए । चिनियाँ विदेश मन्त्रालयले उक्त कदमलाई आपत्तिजनक भनेको छ ।

प्रतिक्रिया दिनुहोस्