Logo
Logo

यस्तो छ आजको मौसम पूर्वानुमान


दृष्टि संवाददाता


काठमाडौं । आज देशमा देशमा पश्चिमी, पूर्वी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका केहि पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने अन्य स्थानहरू सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।

आज दिउँसो प्रदेश १, २ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

आज राति पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा राति मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्