Logo
Logo

१ वर्षमा थपियो ४४ लाख ८० हजार निक्षेप खाता


दृष्टि संवाददाता


काठमाडौं । कोभिड–१९ को १ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपक खाताको संख्या बढेको छ । यस अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा ४४ लाख ८० हजार निक्षेप खाता थपिएर गत चैत्रसम्ममा कुल ३ करोड ६३ ला ६६ हजार खाता संख्या पुगेको छ । २०७६ चैत्रमा कुल निक्षेप खाता संख्या ३ करोड १८ लाख ८५ हजार रहेको थियो ।

कोभिडको १ वर्षमा निक्षेप खाता वृद्धिको संख्या यसअघिको वर्षको तुलनामा भने न्यून संख्यामा घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विसं २०७५ देखि २०७६ चैत्रसम्ममा ४९ लाख ७५ हजार निक्षेप खाता संख्या थपिएको थियो । कोभिड महामारीकै बेलामा पनि खाता संख्या थपिनु सकारात्मक भएको बैंकरहरूको भनाइ छ । अनलाइनबाट खाता खोल्ने सुविधा दिएकाले खाता संख्या बढेकोे बैंकरहरू बताउँछन् ।

अनलाइन सुविधाले ग्राहकहरूलाई खाता खोल्न बैंकमै भौतिक उपस्थिति हुनुपर्र्ने बाध्यतालाई कम गरेको छ । अनलाइनबाट खोलिएको खातामा रकम जम्मा गर्न पाए पनि झिक्न भने एकपटक बैंकमै गएर तीनपुस्ते खुल्ने गरी ग्राहक पहिचान फारम ९केवाईसी० अनिवार्य रूपमा भर्नुपर्छ । नेपाल राष्ट्र बैंकले केवाईसी पनि अनलाइनमार्पmत गर्न सकिने गरी व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

कोभिडको १ वर्षमा २७ ओटा बैंकहरूको निक्षेप खाता वृद्धि संख्या अधिक देखिएको छ भने विकास बैंकहरूको खाता वृद्धिमा संकुचन देखिएको छ । वाणिज्य बैंकहरूको मात्रै ४९ लाख निक्षेप खाता थपिएर कुल ३ करोड १५ लाख निषेध खाता पुगेको छ ।

विकास बैंकहरूको भने ५ लाख ७९ हजार खाता घटेर कुल ४० लाख ८८ हजार निक्षेप खाता रहेको छ । यो १ वर्षमा पाँचओटा विकास बैंक मर्जर तथा प्राप्ति प्रक्रियाबाट वाणिज्य बैंकमा गाभिएका कारण समग्रमा विकास बैंकहरूको निक्षेप खाता संख्यामा संकुचन देखिएको डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालले बताएको छ ।

२०७६ चैतमा २३ ओटा विकास बैंक भएकामा २०७७ चैतसम्ममा घटेर १८ ओटामा सीमित भएको छ । वित्त कम्पनीहरू २०७६ चैतमा २२ ओटा भएकोमा गत चैतमा २० ओटामा सीमित छन् । , यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्