Logo
Logo

प्रधानमन्त्री ओलीको संसद सम्बोधन आइतबार हुने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने भनिएको सम्बोधन आइतबारका लागि सरेको छ । प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई प्रधानमन्त्री ओलीले आज पहिलो पटक सम्बोधन गर्ने कार्यक्रम थियो।

यही पुस ११ गतेबाट सुरु भएको सङ्घीय संसदको चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको भएपनि आइतबार सममका लागि सम्बोधन स्थगित भएको बताइएको छ। अब ओलीले आइतबार मात्रै संसदमा संवोधन गर्नेछन्।

सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताइएको थियो।

प्रतिक्रिया दिनुहोस्