Logo
Logo

बन्दुक देखाएर लुटपाट गर्ने ३८ वर्षपछि पक्राउ


दृष्टि संवाददाता

756
Shares

कञ्चनपुर । डाँका मुद्धाका फरार प्रतिवादी बेलौरी नगरपालिका २ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर लुहारलाई प्रहरीले ३८ वर्षपछि आज पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेका अवस्थामा प्रहरीले लुहारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार लुहारले विसं २०४० मा लारी डिष्टीलरी बेलौरीबाट अन्त शुःल्क वापतको सरकारी रकम लक्ष्मीपुर पुर्नवासस्थित राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा बन्दुकलगायत हातहतियार देखाई लुटपाट गरेका थिए ।

कञ्चनपुर जिल्ला अदालतको विसं २०४२ को फैसलानुसार लुहारलाई तीन वर्ष एक महिना १५ दिन कैद सजाय तोकिएको थियो । वारदातदेखि लुहार फरार रहँदै आएका थिए । पक्राउ परेका लुहारलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्