Logo
Logo

नरोत्तम वैद्यको अभिव्यक्तिमाथि एमालेकाे आपत्ति


दृष्टि संवाददाता

756
Shares

काठमाडौं । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यको अभिव्यक्तिमाथि सत्तारुढ दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

शुक्रबार बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले ‘देश खान लागेको र कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफैँ बन्न तयार हुने’ जस्ता आपतिजनक अभिव्यक्ति दिएका थिए । गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए।

वैद्यको उक्त अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको हो । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार एक विज्ञप्ति जारी गर्दै बागमती प्रदेश सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्याको धम्की दिइएको भन्दै त्यसलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएका छन् ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैं पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ,’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्छ।’

यद्यपी वैद्यले पनि आफू प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएका कारण आवेगमा उक्त शब्दहरु प्रस्तुत भएको भन्दै माफी मागिसेका छन् ।

प्रतिक्रिया दिनुहोस्