Logo
Logo

चन्द समूहका थप २१ पक्राउः प्रहरीसँग गोली हानाहानमा ‘अछाम इन्जार्ज’ घाइते


- दृष्टि न्युज/संवाददाता


अछाम ।

हरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरु पक्राउ परेका हुन् ।

रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा चन्द समूह र प्रहरीबीच मंगलबार दिउँसो गोली हानाहान भएको छ । रामारोशनमा चन्द समूहका कार्यकर्ता भएको जानकारी पाएपछि प्रहरी गएको थियो । ‘प्रहरी टोलीले देखेपछि चन्दका कार्यकर्ताले फायर खोले । त्यसपछि प्रहरीले पनि जवाफ फर्काएको हो ।

चन्द समूहले भने प्रहरीले आफूलाई तर्साउन खोजेपछि बाध्य भएर फायरिङ गर्नुपरेको बताएको छ । ‘हामी आफ्नै तरिकाले बसेका बेला प्रहरीले हामीमाथि दमन गर्न खोज्यो । पहिले प्रहरीले नै फायरिङ खोलेको हो,’ ती नेताले भने, ‘भिडन्तमा हाम्र्रो अछाम इन्चार्ज सामान्य घाइते हुनुभएको छ । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्