Logo
Logo

उपत्यकामा ५५ दिनयताकै न्यून संक्रमण


दृष्टि संवाददाता



काठमाडौं । उपत्यकाका कोरोना संक्रमण निरन्तर घटेको छ । आइतबार र सोमबार संक्रमण उल्लेख्य रुपमा घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सार्वजनिक कोरोनासम्बन्धि विवरणमा उल्लेख छ ।


आइतबार काठमाडौंमा ४८३, भक्तपुरमा ५८ तथा ललितपुरमा ११२ जनामा संक्रमण पुष्टि भएको थियो भने सोमबार काठमाडौंमा ३९६, ललितपुरमा १४५ तथा भक्तपुरमा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा नयाँ संक्रमितको संख्या पछिल्लो ५५ दिनयताकै न्यून हो । गत बैशाखको पहिलो सातादेखि उपत्यकामा संक्रमण बढ्न थालेको थियो । गत ५ बैशाखमा काठमाडौंमा ५०५, भक्तपुरमा ३२ र ललितपुरमा ९७ थियो । त्यसयता दैनिक संक्रमण बढेर एकैदिन चार हजार दुई सयसम्म पुष्टि भएको थियो । जेठको पहिलो साताबाट घट्दै हाल दैनिक संक्रमण उपत्यकामा एक हजार भन्दा कम भएको छ ।
उपत्यकाका सक्रिय संक्रमितको संख्या पनि ४२ हजारबाट करिब १४ हजारमा घटेको छ । सोमबारको विवरणअनुसार काठमाडौंमा ८ हजार १ सय ८२, ललितपुरमा तीन हजार ४ सय ४२ तथा भक्तपुरमा दुई हजार चार सय ३४ गरी सक्रिय संक्रमितको संख्या १४ हजार ५८ झरेको छ । उपत्यकामा जेठको पहिलो साता सक्रिय संक्रमितको संख्या ४२ हजार पुगेको थियो ।
संक्रमण घटेको आधारमा मंगलबारदेखि उपत्यकाका निषेधाज्ञा खुकुलो बनाउन लागिएको छ । तर, नेपालमा थोरैले मात्र भ्याक्सिजन लगाएकाले फेरि संक्रमण बढ्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्