Logo
Logo

‘गोर्खा पिस फाउन्डेसन’ युकेद्वारा आर्थिक सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ चैत । लामो समयदेखि समाजसेवामा केन्द्रित रहेर काम गर्दै आएका ‘गोर्खा पिस फाउन्डेसन’ युकेले झापाकी एक एकल महिलालाई आर्थिक सहयोग गरेको छ । ७५ बर्षीया एकल महिलालाई उपचारका फाउन्डेसनले ७५ हजार ७५ रुपैया सहयोगस्वरूप प्रदान गरेको हो ।
समाजसेवी गायक पूर्ण लिम्बुले ‘गोर्खा पिस फाउन्डेसन’ युकेले पठाएको उक्त रकम एकल बेसहारा महिलालाई उपलब्ध गराएका हुन् । गायक लिम्बु आफै पनि समाजसेवाको काममा आबद्ध रहेका छन् । उनले धेरैलाई सहयोग गरिसकेका छन् ।
फाउन्डेसनले बिगतको दिनमा नेपालको विभिन्न ठाउँमा दुखी र असहायलाई मद्दत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्