Logo
Logo

असईमाथि कार्यालयमै जातीय दुर्व्यवहार, भएन छानबिन


दृष्टि संवाददाता



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मणिकान्त झामाथि कार्यालयमा जातीय दुव्र्यवहार भएको छ । आफुलाई अभियान्ता भन्ने ज्वाला संग्रौलाको समूहले मधेसको भन्दै उनलाई कार्यालयमै दुर्व्यवहार गरेकी हुन् ।


उनलाई मधेसमै सरुवा गरिदिने भनेर समेत उनले धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । संग्रौलाको समूहलाई कारबाहीको माग व्यापक भएको छ । तर, त्यसतर्फ प्रहरीले कुनै चासो दिएको छैन । त्यसरी असईलाई दुव्र्यवहार हुँदा पनि महाराजगञ्ज ट्राफिक वृत्तका इन्सपेक्टर रबिन्द्र श्रेष्ठले नरम भएर संग्रौलाको समूहलाई फकाउने प्रयास गरेको देखिन्छ ।
घटना करिब एक महिनाअघिको हो । संग्रौलाको समुह राहत वितरणका लागि मोटरसाइकलमा नुवाकोट जान लागेको थियो । असइ झा नेतृत्वको ट्राफिकले पास चेक गरेको थियो । उनीहरुसँग थिएन । त्यसपछि उनले रोकेपछि विवाद भएको थियो । विवाद भएपछि उनीहरु कार्यालयमै गएर धम्काएका हुन् ।
सो घटनापछि असइ झाको ट्राफिक महाशाखामा सरुवा भएको छ । प्रहरीले यो घटनाको छानबिनमा अझै गम्भीरता देखाएको छ ।
संग्रौला पैसा उठाएर समाजसेवा गर्दै आएकी छिन् । सामाजिक सञ्जालमा चर्का कुरा गर्ने उनी अपारदर्शीताका कारण उनी विवादमा समेत पर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्