Logo
Logo

काठमाडौं जिल्लामा मात्र दुई लाख भन्दा धेरैलाई कोरोना संक्रमण


दृष्टि संवाददाता



काठमाडौं । काठमाडौं जिल्लामा मात्र कोरोना संक्रमण हुनेको संख्या दुई लाख नाघेको छ । बुधबार ३ सय ५४ जनामा संक्रमण भएसँगै काठमाडौंमा कुल संक्रमितको संख्या दुई लाख ८३ पुगेको छ ।


काठमाडौंमा १० प्रतिशत भन्दा धेरै नागरिकलाई संक्रमण भएको पुष्टि भएको छ । देशभरी संक्रमण हुनेको संख्या ६ लाख १४ हजार दुई सय १६ पुगेको छ । जसअनुसार कुल संक्रमितमध्ये करिब ३३ प्रशितक काठमाडौं जिल्लाका बासिन्दा छन् ।
काठमाडौंमा करिब १८ लाख जनसंख्या रहेको आँकलन छ । जसमध्ये दुई लाखलाई संक्रमण हुनुले यहाँका १० प्रतिशतभन्दा धेरै हो ।
काठमाडौंमा हालसम्म एक हजार सात सय ९१ जनाले ज्यान गुमाएका छन् । हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या ७ हजार ७३७ छ ।
ललितपुरमा ३६ हजार ३३८ जना संक्रमित हूँदा ५ सय १७ जनाको मृत्यु भएको छ । ललितपुरमा सक्रिय संक्रमितको संख्या तीन हजार ५७ छ ।
भक्तपुरमा २१ हजार ६ सय ३३ जनामा संक्रमण हुँदा ३ सय ५२ जनाको मृत्यु भएको छ । भक्तपुरमा सक्रिय संक्रमितको संख्या दुई हजार ३ सय २८ छ ।

प्रतिक्रिया दिनुहोस्