Logo
Logo

बिहीबार चार जिल्लामा मात्र एक सय भन्दा धेरैमा संक्रमण


दृष्टि संवाददाता



काठमाडौं । देशैभरी कोरोना संक्रमणमा कमी आएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकअनुसार चार जिल्लामा मात्र नयाँ संक्रमितको संख्या एक सय भन्दा धेरै छ ।


सबैभन्दा धेरै काठमाडौंमा थप ४ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंसहित बाग्लुङ, ललितपुर र मोरङमा एक सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । बाग्लुङमा २ सय ४२, ललितपुरमा एक सय २१ तथा मोरङमा एक सय १८ जनामा संक्रमण पुष्टि भएको छ । अन्य जिल्लाहरुमा नयाँ संक्रमितको संख्या एक सय भन्दा न्यून छ ।
तीन वटा प्रदेशमै संक्रमितको संख्या एक सय भन्दा धेरै छ । लुम्बिनीमा ८०, कर्णालीमा ३६ तथा सुदुरपश्चिममा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट गरिएको परीक्षणमा एक हजार सात सय ६८ तथा एन्टिजेनबाट गरिएको परीक्षणमा ८ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा डेढ महिनायताकै न्यून मृत्यु भएको छ । यो अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् । नेपालमै एकैदिन दुई सय ४६ जनासम्मले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्