Logo
Logo

झडपमा परी सात प्रहरी मारिए


- दृष्टि न्युज/संवाददाता


कलात, १४ चैत (सिन्ह्वा) । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा तालिबान लडाकू समूह र सुरक्षाकर्मीबीच बिहीबार भएको झडपमा परी कम्तीमा सात प्रहरी मारिएका छन् । प्रान्तीय परिषदका प्रमुख आता जान हक्बायनले उक्त जानकारी दिनु भएको छ ।
जाबुल प्रान्तको सिआरी जिल्लामा उक्त झडप भएको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै नेटोआवद्व प्रायःसंयुक्त सेनाले अफगानिस्तान छोड्योपछि अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षा बलमाथि आएको थियो ।
यसपछि अफगान सुरक्षा बलको हताहत सङ्ख्या बढेको पाइन्छ । अफगानिस्तानमा तालिबान आतङ्ककारी समूहलेअफगान सुरक्षा बल र सरकारी अधिकारी लक्ष्य गरी बारम्बार आक्रमण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्