Logo
Logo

सरकारी कार्यालयहरू खोल्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमण घट्दै गएपछि सरकारी कार्यालयहरू पनि सञ्चालनको तयारी थालिएको छ । सम्भवतः अर्को सातादेखि केही सरकारी कार्यालयले सेवा दिने गरी सञ्चालन हुनेछन् ।

उपत्यकामा ७ असार रातिसम्म निषेधाज्ञा लम्बाइएको छ, त्यतिवेलासम्म संक्रमणदर थप घटेमा अन्य क्षेत्रमा खुलाउने जिल्ला प्रशासन कार्यालयको तयारी छ । अहिलेको ‘ट्रेन्ड’अनुसार संक्रमण घट्ने देखिएकाले सरकारी कार्यालयहरू सञ्चालन गर्न आन्तरिक तयारी थालिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मालपोत कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । जसअनुसार कतिपय जिल्लाहरूमा मालपोत कार्यालय खुलिसकेका छन् ।

‘प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेरे सेवा प्रवाहबाट निर्णय लिन हामीले प्रस्ट निर्देशन दिएका छौँ,’ विभागका महानिर्देशक शेषनारायण पौडेलले भने, ‘अहिले पनि मालपोत कार्यालयमा आन्तरिक काम गरिरहेका छौँ, अब परिस्थिति हेरेर निर्णय गर्छौं ।’, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्