Logo
Logo

युवकको हत्या, दुई पक्राउ, एक फरार


- दृष्टि न्युज/संवाददाता


पर्वत, १५ चैत । पर्वत जिल्लाको मोदी गाउँपालिका– ८ चित्रेमा कुटपिट गरी एक युवाको हत्या भएको छ । गत मंगलबार राति ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाबीच झगडा हुँदा स्थानीय ३३ वर्षीय सन्तोष भन्ने गंगाप्रसाद विकको हत्या भएको हो ।
चित्रेस्थित नेपानेसादी खोलामा कुटपिट गरी विकको हत्या गरेको आरोपमा स्थानीय दुई युवा पक्राउ परेका छन् । हत्या भएको सूचना पाएलगत्तै प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीको नेतृत्वमा खटिएको टोलीले सोही ठाउँको सामुदायिक जंगलमा लुकीछिपी बसेको अवस्थामा २३ वर्षीय दलबहादुर नेपाली र २३ वर्षकै रविन सुनार पक्राउ परेका छन् ।
पक्राउ परेका युवाले प्रारम्भिक बयानमा घटना स्वीकार गरेका छन् । मुख्य अभियुक्त २६ वर्षीय कृष्णबहादुर सुनार फरार रहेको र निजको खोजीकार्य जारी रहेको छ ।
गत मंगलबार राति ९ बजेको समयमा मृतक गंगाप्रसाद विक, पक्राउ परेका नेपाली र सुनार तथा फरार रहेका कृष्णलेसँगै बसी मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा सामान्य विवाद हुँदा तीन जना मिलेर गंगाप्रसादको हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तलाई बिहीबार पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिनुभयो । मृतक विकको शव परीक्षणकाका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्