Logo
Logo

माछापुच्छरे बैंक र एनएमबी क्यापिटल लिमिटेडबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छरे बैंक लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड बीच ‘१०.२५ प्रतिशत माछापुच्छ«े डिवेञ्चर– २०८५’ नामक रु ३ अर्ब ऋणपत्र निष्काशन गर्नकालागि निष्काशन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छरे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृ श्रीजेश घिमिरेले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार माछापुच्छरे बैंक लिमिटेडको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पुर्ण कामहरु निष्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडले सम्पन्न गर्ने छ ।
ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरीसकेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिइ बैंकले विक्रीको लागि आवेदन खुल्ला गर्ने छ ।
ऋणपत्रको प्रमुख विशेषताहरु निम्न उल्लेखित रहेका छन्
१. बार्षिक १०.२५ प्रतिशत दरको आकर्षक ब्याजदर रहेकोे ।
२. प्रति ऋणपत्र अंकित मूल्य रु. १,०००÷– दरका ३०,००,००० कित्ताको जम्मा रु. ३,००,००,००,००० (तिन अर्व रुपैयाँ मात्र) निष्काशित ऋणपत्रमा १८,००,००० (अठार लाख) कित्ता ऋणपत्र परिपत्र विधिबाट र १२,००,००० (बाह्र लाख) कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरीने ।
३. ऋणपत्रको अवधि १० बर्ष रहने ।
४. नेपाल स्टक ऐक्स्चेन्जमा सुचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा विक्री गर्न सकिने ।
५. बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा क्रण लिन सकिने ।
६. अर्ध बार्षिकरुपमा (६र६ महिनामा) ब्याजको भुक्तानी गरिने ।

प्रतिक्रिया दिनुहोस्