Logo
Logo

​फिल्ममा इशकको डेब्यु, भन्छन्, ‘दर्शकको मन जित्नेछु’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गायक तथा मोडल इशक राईलाई अब फिल्मको पर्दामा देख्न पाइने भएको छ । इशक फिल्म ‘आरुसी’मार्फत नायकमा डेब्यु गर्दैछन् । जुन फिल्म अहिले छायांकनको अन्तिम चरणमा रहेको छ ।,


निर्माता तथा निर्देशक उदय सुब्बाद्वारा निर्देशित फिल्म ‘आरुसी’ मा मुख्य नायकका रुपमा देखिन लागेका कोरियन स्टाइलका  इशकले भने, ‘यो मेरो डेब्यु फिल्म हो, त्यसैले मिहिनेत गरिरहेको छ ।’ उनले फिल्म ‘आरुसी’बाट दर्शकको मन जित्न सक्ने समेत बताएका छन् ।


करिब १ करोडको लगानी रहने भनिएको फिल्म ‘आरुसी’मा इशकसँगै रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेतीलगायतका कलाकारको अभिनय रहेको छ । बिकाश चौधरी र ताराप्रकाश लिम्बुको संगीत रहेको यस फिल्मका लागि गीत निर्देशक सुब्बाले नै लेखेका छन् । 


त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्ममा साहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठको संयुक्त लगानी रहेको छ । यस फिल्मलाई झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र संखुवासभालगायत पुर्वको विभिन्न स्थानमा छायांकन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्