Logo
Logo

मोदीमाथि प्रियंकाको आरोप, ‘दुनियाँलाई अँगालो हाल्दै हिँडेपनि आफ्नालाई नजिक राख्न सकेनन्’


- दृष्टि न्युज/संवाददाता


अयोध्या, १५ चैत (एएनआई) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका मान्छेलाई अँगालो हाल्दै हिँडेपनि आफ्नैलाई नजिक राख्न नसकेको भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियंका गान्धी भद्राले आरोप लगाएकी छन् । प्रधानमन्त्री मोदीले भारतीय नागरिकहरुको मन जित्न नसकेको आरोप उनले शुक्रबार लगाएकी हुन् ।
‘प्रधानमन्त्री मोदीले अमेरिका, जापान, चीन लगायतका कैयाँै देशका मानिससँग अँगालो मार्नुभएको छ, तर उहाँले आफ्नै देशका मानिससँग अँगालो मार्नु भएको छैन’ अयोध्यामा आयोजित चुनावी सभामा प्रियंकाले भनिन् ।
उनले प्रधानमन्त्री मोदी ‘आफ्नै निर्वाचन क्षेत्र वाराणासीमा नगएको भन्ने गुनासो’ सुन्दा आफुलाई आश्चर्य लागेको पनि बताइन् । ‘प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रका गाउँहरुमा आएको वा नआएको बारेमा बाराणासीमा मैले स्थानीय जनतालाई सोधेको थिए, मैले उहाँ नआएको जवाफ पाँए’ उनले भनेकी छन् ।
महासचिव गान्धीले आफ्नो निर्वाचन क्षेत्रलाई प्रधानमन्त्रीले वेवास्ता गरेको आरोप लगाउदै आफ्नो निर्वाचन क्षेत्रमा केही गर्नैपर्ने भएपनि नगरेको टिप्पणी गरे । उनले भारतीय जनता पार्टी (भाजपा) धनी मानिसको मात्रै ‘चौकिदार’ बनेको तर गरिबको ‘चौकिदार’ नभएको आरोप लगाएका छन् ।
मोदी नेतृत्वको सरकार ‘किसानको विरुद्धमा, जनताको विरुद्धमा’ रहेको र धनीलाई झन धनी बनाउन केन्द्रीत भएको काँग्रेस महासचिव गान्धीको भनाई छ ।
भारतमा लोकसभा निर्वाचनका लागि मतदान गर्ने दिन नजिकिदै गर्दा प्रतिश्पर्धी दलहरुले एक अर्कालाई अनेक आरोप प्रत्यारोप गर्ने क्रम बढ्दै गएको छ । आउँदो अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा हुन लागेको निर्वाचनमा मुख्य गरेर सत्तारुढ दल भाजपा र प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसका बीचमा कडा प्रतिश्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्