Logo
Logo

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको कीर्तिमान


दृष्टि संवाददाता


एजेन्सी ।पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता इरानी खेलाडी अलि दाईको कीर्तिमानसँग बराबरी गरेका छन् ।

फ्रान्स विरुद्धको खेलमा दुई गोल गरेसँगै स्टार फरवार्ड रोनाल्डोले अलिको १०९ गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान पनि भङ्ग गरेका छन् ।यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्