Logo
Logo

घले दम्पति बने डलर अर्बपति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ चैत । अष्ट्रेलियामा बस्दै आएका गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङ डलर अर्बपति बनेका छन् । का यसअघि अष्ट्रेलियाका धनाढ्यको सूचिमा रहेका शेष र जुमना बीआरडब्लुको धनी सुचिमा यस वर्ष छलाङ मारेका छन् । बीआरडब्लुले धनीहरुको सूची प्रकाशन गर्दै आएको छ ।
यी घले दम्पत्तिको कुल सम्पत्ति १ अर्ब १० करोड डलर रहेको द अष्ट्रेलियन पत्रिकाले प्रकाशन गरेको सूचीमा उल्लेख गरिएको छ । अष्ट्रेलियाका धनीहरुको सूचीमा घले ८६औँ र गुरुङ ८५औँ स्थानमा रहेका छन् ।
गत बर्ष उनीहरुको सम्पत्ति ८७ करोड ६० लाख डलर रहेकोमा एक बर्षमै झण्डै २३ करोड डलर सम्पत्ति थप्न सफल भएका छन् । योसँगै उनीहरुले अष्ट्रेलियाका अर्बपतिहरुको सुचिमा प्रवेश गरेका छन् ।
शेष र जमुनाको सम्पत्तिको मुख्य स्रोत मेलवर्नमा रहेको मेलवर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी हो । तर, उनीहरु धनी हुनुमा रियलस्टेट कारोबारको मुख्य योगदान रहेको द अष्ट्रेलियनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्