Logo
Logo

गण्डकी प्रदेश : दीपक मनाङ्गे विनाविभागीय मन्त्री


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदमा रहेका चार जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन् ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।

राजिव गुरुङ ‘दीपक मनाङे’लाई कुनै जिम्मेवारी दिइएको छैन । मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गर्दै आएका छन् । जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय छन् । मुख्यमन्त्री पोखरेलसँगै चार मन्त्रीले सपथ लिएका थिए । अन्य मन्त्रालय बाँडफाँडमा कांग्रेससँग सहमति भएपनि नियुक्त गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्