Logo
Logo

सिरहामा माछापुच्छ्रे बैंकले थप्यो नयाँ शाखा


दृष्टि संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहामा अर्को नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको बुधबारबाट सञ्चालनमा ल्याएको हो ।

सिरहा जिल्लाको सदरमुकाममा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको यो नयाँ शाखासगैँ सिरहा जिल्लामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेको छ ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२६ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । बैंकको देशभर २०० वटाभन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्