Logo
Logo

बाढीले बिपी राजमार्ग अवरुद्ध


दृष्टि संवाददाता


काभ्रेपलाञ्चोक । जिल्लाको रोशी गाउँपालिका–१२ स्थित माम्दी खोलामा बाढी आएपछि सो क्षेत्र भएर सञ्चालन भएको बिपी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलाको माथिबाट लेदोसहितको बाढी आएर सडकमा थुप्रेपछि राजमार्ग अवरुद्ध भएको हो ।

राति १/२ बजेदेखि लेदो थुप्रिएका कारण नै सडक अवरुद्ध भएपछि अहिले रामेछाप, सिन्धुली र पूर्वी तराई जाने र काठमाडौँ आउने सवारी साधनहरु रोकेको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए ।

लेदोले पुरिएका कारण गाडी नै फसेपछि त्यसलाई निकालिएको र अवरुद्ध सडक खुलाउने काम भइरहेको उहाँले बताउनुभयो । अवरोध हटाउन शुरु गरिए पनि निरन्तरको वर्षा र खोलाको सतह बढेको कारण केही कठिनाइ भइरहेको बताए । लेदोमा तीन सवारी साधन फसे पनि यात्रुहरुलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्