Logo
Logo

दरौंदीले बगायो पक्की पुल, आवत-जावत ठप्प


दृष्टि संवाददाता


गोरखा । लगातारको अविरल वर्षापछि दरौंदी नदीमा आएको बाढीले गोरखा र बारपाक जोड्ने पक्की पुलको बगाएको छ । शुक्रबार राति आएको बाढीका कारण बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने बालुवास्थित पुलको एक भाग बगाएको हो ।

बाढीले पुलको एक भाग बगाउनु साथै ठाउँठाउँमा पहिरो गएकाले गोरखा–बारपाक सडक अवरुद्ध भएको छ । केहीदिनदेखि परेको लगातारको वर्षाका कारण नदीमा आएको बाढीले वरपरको खेत लगाइएको धानबालीमा समेत क्षति पु¥याएको स्थानीयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्