Logo
Logo

बिनोद र सशिकाको ‘एकैसाथ यो झरीमा’


दृष्टि संवाददाता


काठमाडौं । नेपाली तारा सिजन– ३ फ्रेमबाट चर्चामा आएका गायक बिनोद राई र द भ्वाइस अफ नेपाल सिजन–२ मार्फत चर्चामा आएकी गायिका सशिका राईको नयाँ गीत रिलिज भएको छ ।

‘एकैसाथ यो झरीमा’ बोलको गीत देबेश सशिका युट्युव च्यानलबाट रिलिज गरिएको छ । यस गीतमा इन्दु तामाङको शब्द रहेको छ भने नेपाली तारा सिजन ३ का फस्ट रनरअप देबेश राईको संगीत, एरेञ्ज र मिक्सिङ रहेको छ । यस गीतलाई आफ्नै स्टुडियोमा रेकर्ड गरिएको हो ।
‘एकैसाथ यो झरीमा’ गीतको म्युजिक भिडियोलाई फराज अर्पणले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा प्रविन राई र अञ्जना बराइलीको अभिनय देख्न सकिन्छ । गीतको भाव र म्युजिक भिडियोको स्टोरीअनुसार प्रविन र अञ्जनाले उत्कृष्ट काम गरेका छन् । यस भिडियोमा निर्देशनसँगै सिनेमाटोग्राफी र सम्पादन पनि फराज अर्पणकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्