Logo
Logo

प्रदेश २ ले सवारी साधनमा लाग्ने जरिवाना असार मसान्तसम्म नलिने


दृष्टि संवाददाता


काठमाडाैं । प्रदेश २ सरकारले सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकेको अवस्थालाई ध्यानमा राखी असार मसान्तसम्म सवारी साधनमा लाग्ने जरिवाना नलिने जनाएकाे हाे ।

निषेधाज्ञाले गर्दा सवारी साधन सञ्चालनमा नआएको र यातायात कार्यालय पनि बन्द रहेकाले सरकारले जरिवाना छुट दिएको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्