Logo
Logo

दीपक मनाङ्गेलाई खेलकूद मन्त्रालयको जिम्मेवारी


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेश सरकारमा विनाविभागीय रहेका मन्त्री हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयक र स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएको छ । उनीहरले आइतबार नै पदभार ग्रहण गरेका छन् । यसअघि नेकपा नेतृत्वको सरकारमा पनि मनाङे १० दिन खेलकूद मन्त्री भएका थिए ।

यसअघि उनीहरुले उक्त मन्त्रालय अस्वीकार गरेका थिए । तर, झण्डै एक महिनापछि सो मन्त्रालय स्वीकार्दै जिम्मेवारी वहन गरेका छन् ।यसअघि जसपाका आचार्यले अर्थ मन्त्रालय दावी गर्दै आफ्ना दुवै सांसदलाई मन्त्री बनाउनुपर्ने माग गर्दै आएका थिए । यस्तै, मन्त्री मनाङेले आफूले भौतिक पूर्वाधार पाउनुपर्ने अडान लिँदै आएका थिए ।

योसँगै गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ । यसअघि कुमार खड्काले सामाजिक विकास र मधुमाया अधिकारीले स्वास्थको जिम्मा पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्