Logo
Logo

गैंडाको आक्रमणबाट महिला घाइते


दृष्टि संवाददाता

126
Shares

चितवन । पश्चिम चितवनका उजेलीनगरमा गैंडाको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेली नगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्