Logo
Logo

अखाद्य र म्याद नाघेका वस्तु बिक्री


दृष्टि संवाददाता

315
Shares

भक्तपुर । भक्तपुर नगरपालिकाले खाद्य पसल अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रेका अखाद्य पदार्थ बिक्रीमा राखेको पाइएको छ ।

नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराका नेतृत्वमा आज लिवाली क्षेत्रमा भएको अनुगमनमा अधिकांश पसलमा खाद्य अनुज्ञापत्र नलिई र प्याकेजिङ सामानमा विवरण नराखी बिक्री गरिएको पाइएको छ । हातले विवरण लेखिएको र म्याद नाघेको सामान जफत गरी नष्ट गरिएको छ ।

शर्मिला किराना पसल, आयान किराना पसल, नवीन स्टोर, लिवाली खाद्यान्न स्टोर, लबजू किराना पसल, आशगोपाल किराना पसललगायत खाद्य सामग्री पसलको अनुगमन गरिएको थियो ।

अनुगमनमा मूल्यसूची नराख्ने, खरीद बिल र बिक्री बिल लिनेदिने नगरिएको, तराजु नवीकरण नगरिएको, म्याद गुज्रेका सामान बिक्री गरिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्