Logo
Logo

कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य, बजेट अध्यादेशबाट ल्याउने तयारी


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गए राति १२ बजेदेखि चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले अधिवेशन अन्त्य गरिएको बताए । सरकारले अब अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ ।

नेकपा एमालेका सांसदहरूले लगातार प्रदेश सभा अवरूद्ध पारेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो ।

एमाले सांसदहरूले प्रदेश सभा अवरूद्ध गरेपछि बजेट पारित हुन सकेको थिएन । स्रोतका अनुसार सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको भन्दै मुख्यमन्त्री शाहीले अध्यादेशबाट भए पनि बजेट ल्याउने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्