Logo
Logo

पाँच विद्यार्थी संगठनद्वारा भाडा बृद्धि फिर्ता गर्न माग


दृष्टि संवाददाता


काठमाडौं । पाँच विद्यार्थी संगठनले ओली नेतृत्वको सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् । बिहीबार विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकाल्दै यातायातमा बढाएको भाडा फिर्ता गर्न माग गरेका हुन् ।

तत्काल भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडाबृद्धि गरेको छ । सरकारको यो निर्णयले नेपालको विद्यार्थी आन्दोलनलाई आक्रोशित बनाएको छ । भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौँ ।’

ओली सरकारले जाँदा जाँदै सार्वजनिक यातायातमा भाडा बृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्