Logo
Logo

ग्लोबल आइएमई बैंकद्धारा विनाशकारी हावाहुरीबाट प्रभावितलाई राहत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत गत आइतबार राति बारा र पर्सा जिल्लामा आएकोे विनाशकारी हावाहुरी र असिनापानीबाट प्रभावित जनसमुदायलाई सहयोगार्थ राहत सामाग्री वितरण गरेको छ ।

बैंकले बारा जिल्लाका विपतबाट पीडित ५० घरपरिवारलाई भाँडाकुँडा, थालकचौरा, झुललगायतका सामाग्री वितरण गरेको हो । हावाहुरी र असिनापानीबाट घरबारबिहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकल उक्त विभिन्न सामग्रीहरु उपलब्ध गराएकोे हो ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आइपर्ने प्राकृतिक विपत्तिहरु बाढीपहिरो, भूकम्पलगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्