Logo
Logo

आँधीपीडितलाई एनआईसी एशिया बैंकको सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआईसी एशिया बैंकले बारा तथा पर्सा जिल्लामा आएको विध्वंसकारी हुरीबतासले पु¥याएको क्षतिप्रति दुुःख व्यक्त गर्दै राहात सामाग्री हस्तान्तरण गरेको छ ।

बैंकले घटनाबाट पीडित जनसमुदायमा मल्हम लगाउने उद्देश्यका साथ फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँकाका पीडित जनसमुदायका राहात सामग्री प्रदान गरेको हो । बैंकले ३०० थान झुल, १५० थान म्याट्रेसलगायत खाद्यान्न तथा अत्यावश्यक सामग्री प्रदान गरेको छ ।

उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरीलाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोदकुमार प्याकुरेले एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् । सो अवसरमा सञ्चालक प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । हालसम्म बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्