Logo
Logo

विप्लवहरुलाई चाँडै मूल प्रवाहमा ल्याइन्छ : गृहमन्त्री थापा


- दृष्टि न्युज/संवाददाता


पोखरा, २४ चैत । गृहमन्त्री रामहादुर थापाले सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएको दावी गरेका छन् । सरकारले एक वर्षमा विकासको आधार तयार पारेको र शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै उनले चाँडै विप्लव नेतृत्वको नेकपालाई पनि शान्तिवार्तामा ल्याउने बताए ।
पोखरामा भइरहेको क्षेत्रीय सुरक्षा बैठकमा आइतबार गृहमन्त्री थापाले मुख्य समस्याको रुपमा रहेका पृथकतावादीलाई मूलधारमा ल्याउन सफल भएको दावी गरे । संविधानविरोधी समूह अझै समस्या रहेकाले उनीहरुलाई पनि सहमतिमा ल्याउन सरकार लागिरहेको उनले बताए । ‘विप्लव भन्ने समूहहरु शान्ति सुरक्षाको निम्ति बाधक भएकाले उनीहरुलाई पनि मूल प्रवाहमा ल्याउने प्रयत्न सरकारले गरिरहेको छ,’ गृहमन्त्री थापाले भने, ‘आशा छ उनीहरु पनि सहमतिमा आउँछन् ।’
सरकारले विप्लव समूहको असंवैधानिक गतिविधिमाथि प्रतिवन्ध लगाएको उनको भनाइ छ । ‘संविधान र कानुनले नै त्यस्ता गतिविधिमाथि प्रतिवन्ध लगाएको हो,’ थापाले भने, ‘उनीहरु पनि सहमतिमा आउँछन् ।’

प्रतिक्रिया दिनुहोस्