Logo
Logo

काेराेनाका कारण एएफसी अवार्ड २०२१ रद्द


दृष्टि संवाददाता


एजेन्सी । कतारको दोहामा तय भएको एएफसी अवार्ड २०२१ रद्द भएको छ । कोरोना भाईरस महामारीलाई मध्यनजर गर्दै अवार्ड रद्द गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले जनाएको छ ।

एएफसीको सोमबार बसेको कार्यकारी समितिको बैठकले एएफसी अवार्ड यस वर्ष आयोजना नगर्ने निर्णय गरेको हो । कतार फुटबलसँगको छलफलपछि अवार्ड रद्द गरिएको एएफसीले जनाएको छ ।

कोरोनाको कारण एएफसी अवार्ड लगातार दोस्रो वर्ष रद्द भएको हो । अब अर्को संस्करणको अवार्ड कतारको दोहामा गरिने एएफसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्