Logo
Logo

माधव नेपाल निकट युवा संघले ‘पिपुल्स भोलेन्टियर’को घोषणा गर्दै


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले भोली (बिहीबार) ‘पिपुल्स भोलेन्टियर’ को घोषणा गर्दैछ ।

केपी शर्मा ओली अध्यक्ष रहेको एमाले निकटको युवा संघले युथ फोर्स व्यूँत्याएपछि वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघले पनि एक हजार एक सदस्यीय पिपुल्स भोलेन्टियरको घोषणा गर्न लागेको हो ।

भक्तपुरको सुर्य विनायकस्थित थापा पार्टी प्यालेसमा एक भेला गर्दै युवा संघले पिपुल्स भोलेन्टियरको घोषणा गर्दैछ । भेलालाई एमाले वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

युवा संघका उपमहासचिव एवं प्रचार विभाग प्रमुख संन्जिप राईका अनुसार सो भेलामा संघका केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

साउन ७ गते बिहीबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवस पनि हो । सोही सन्दर्भमा युवाको बृहत भेलामार्फत पिपुल्स भोलेन्टियरको घोषणा गर्न लागिएको संघका प्रवक्ता राईले बताए ।

प्रतिक्रिया दिनुहोस्