Logo
Logo

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


दृष्टि संवाददाता



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।

एमालेले पार्टीमा देखिएको अन्तरविरोधका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकमा छलफललाई निरन्तरता दिइरहेको छ ।

बुधबारको बैठकले ४ विशेष प्रस्ताव पारित गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको बैठकमा पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् ।

बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीले पार्टीलाई दुई अध्यक्षात्मक प्रणाली अपनाउन आफू तयार रहेको बताएका थिए । ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका हुन् ।

यो पनि

प्रतिक्रिया दिनुहोस्