Logo
Logo

‘मैचा’ युट्युबमा सार्वजनिक


दृष्टि संवाददाता


काठमाडौं । नेपाली शर्ट फिल्म ‘मैचा’ यु–ट्युबमा रिलिज भएको छ । दर्पण नेपालको प्रस्तुति र गोपी दाहालको निर्माण रहेको यो शर्ट फिल्मलाई दर्पण मिडियाकै अफिसिरयल युटुब च्यानलबाट रिलिज गरिएको हो । अहिले फिल्मको राम्रो प्रतिक्रिया आइरहेको बताइएको छ ।

शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको ‘मैचा’मा रुशा न्यौपाने, प्रभात पल, सुमिन गुरुङ, ओजस्वी थापा, सुरेश पोखरेल, सयुज राई र शिशिर राणाको अभिनय रहेको छ । त्यस्तै शर्ट फिल्ममा संकल्प भुजेलको छायाँकन र तारा थापा ‘किम्भे’को सम्पादन छ ।

फिल्ममा शिशिर खाती सहायक निर्देशक रहेका छन् । यस फिल्मलाई राजेश कुमारले कलर गर्ने काम गरेका छन् । यस शर्ट फिल्मले नेपाली समाजको समसामयिक विषयलाई उठान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्