काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यको चेन्नाईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन् ।

दुर्घटनामा परी घाइते हुनेमा भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल रहेको खुलेको छ । मंगलबार बिहान फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटनामा परेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पङ्खा ठोक्किएर दुर्घटनामा परेको हो । घाइतेलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।
















