Logo
Logo

लायन्स क्लबद्वारा मैतिदेवी मन्दिर सरसफाई


दृष्टि संवाददाता


काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीले गुरु पूर्णिमाको अवसरमा मैतीदेवी मन्दिर परिसरमा सरसफाई गरेको छ । मैतीदेवी मन्दिर क्षेत्र व्यवस्थापन समितिसँगको सहकार्यमा मन्दिर परिसर र मन्दिरको सरसफाई गरेको हो ।

लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीका प्रेसिडेन्ट मदनकृष्ण सिलवालको सभापतित्वमा प्रेस काउन्सिल नेपालका सह प्रशासकीय अधिकृत रामप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा मैतीदेवी मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीको चार्टर प्रेसिडेन्ट प्रल्हाद बस्नेत, सेक्रेटरी सुन्दर थापा, टे«र्जरर बसन्त कार्कीलगायतको उपस्थिति थियो । लायन्स क्लब अफ काठमाडौँ इन्द्रवतीको सेकेण्ड भाइस प्रेसिडेन्ड विशाल पौडेलको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा २५ जनाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्