Logo
Logo

सेफ्टीट्यांकी सफा गर्ने क्रममा दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता


राँझा, २७ चैत । बाँकेको कोहलपुरमा शौचालयको सेफ्टीट्यांकी सफा गर्ने क्रममा गएराति दुई मजदुरको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको शौचालयको सेफ्टीट्यांकी सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–६ रझेना निवासी ५० वर्षीय कुमार थारू र चेतराम थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । शौचालयको सेफ्टीट्यांकी सफा गर्न भित्र छिरेका बेला निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
शौचालयको सेफ्टीट्यांकी फोडेर गए राति नै दुवैको शव निकालिएको छ । मृतकको शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्