Logo
Logo

तीज गीतमा सुरक्षा र अजयको ब्याटल्स ‘जीन्दगी यस्तै रहेछ’ (भिडियोसहित)


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो समय तीज गीतमा अनेक शैली अपनाइन थालिएको छ । धार्मिक तथा सांस्कृतिक आस्था बोकेको तीजलाई सांगीतिक मनोरञ्जनका रुपमा बढवा दिइन थालिएपछि यसको रौनक बेग्लै हुन थालेको छ ।

यस्तै, एमएमएस इन्टरटेनमेन्ट यसपालीको तीजका लागि नयाँ स्वादको गीत ल्याएको छ । एमएमएसले लोक ‘ब्याटल्स’ शैलीको ‘जीन्दगी यस्तै नै रहेछ’ शुक्रबार सार्वजनिक गरेको हो । उक्त गीतले नेपाली नारीहरुको पर्व तीजको झल्को दिनुका साथै नयाँ परम्पराको समेत थालनी गरेको छ ।

यस गीतमा स्वर सुरक्षा सेन्चुरी र अजय कार्कीले दिएका छन् । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सिजन–३ मार्फत चर्चामा आएकी सुरक्षा नेपाली सांगीतिक आकाशमा उदाउँदो तारा हुन् । यस्तै, अजय कार्कीले यसअघि नै संगीतमा आफ्नो दख्खलता प्रस्तुत गरिसकेका छन् । यस गीतबाट आफूलाई लोक संगीतमा समेत अब्बल देखाएका छन् ।

यस गीतको भिडियोमा खोट लगाउने स्थान छैन । नेपाली सांगीतिक क्षेत्रमा गीतकार तथा मोडलका रुपमा आफूलाई चिनाउन सफल दर्पण राईले यसै गीतको भिडियोबाट नयाँ टे«ण्डलाई समेत आत्मसाथ गरेका छन् । मोडलिङ, निर्देशनभन्दा बढी गीतकारका रुपमा चिनिएका दर्पणले ‘जीन्दगी यस्तै नै रहेछ’ (जुन लोक ब्याटलमा आधारित छ) गीतको भिडियो निर्देशन गरेर फरक लोक संगीतमा समेत आफ्नो स्थान बनाएका छन् ।

‘तिम्ले बाटो फेरेयौं अरे’जस्ता सफल सिरिजका गीतकार, मोडल तथा कन्सेप्ट निर्देशक दर्पणले यसपटक आफ्ना दर्शक तथा श्रोतालाई नयाँ स्वाद चखाएका छन् ।

भिडियो गजब छ । ब्याटल शैलीमा तयार गरिएको यस गीतको भिडियाोमा नेपाली मौलिकतालाई पनि स्थान दिइएको छ । यही नै यो टिमको खुबी हो । भिडियोमा प्रकाश सपुत र समीक्षा बस्नेत फिचरिङ छन् । उनीहरुको यहाँ धेरै तारिफ गरिरहन आवश्यक छैन । जो दुवै जना पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चित छन् । प्रकाश सपुत नेपाली लोक संगीतका लागि एक सिग्नेचर हुन् । र, पछिल्लो समय उनी मोडलिङ र डान्सिङमा पनि उत्तिकै चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्