Logo
Logo
एमाले विवाद

विघटित कार्यदलको बैठक : एकता प्रयास सफल होला ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको विघटित कार्यदलकाे शनिबार पनि बैठक बसेको छ । पार्टीको आन्तरिक विवाद मिलाउन बनेको कार्यदल यसअघि अध्यक्ष ओलीले एकतर्फी विघटन गरेका थिए । तैपनि कार्यदल विवाद मिलाउन निरन्तर लागेको हो ।

पार्टीको विवाद समाधान गर्न विघटित कार्यदलको अनौपचारिक बैठक बसेको छ । शनिबार दिउँसो ३ बजेका लागि बोलाएको स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयासस्वरुप कार्यदलको बैठक बसेको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका भीम रावलसहित ६ जना सदस्य रहेका छन् । त्यस्तै अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र विष्णु पौडेल सहभागी छन् । यसअघि कार्यदलबीच दश बुँदे सहमति भएको थियो । उक्त सहमतिलाई नै टेकेर एकतामा जानुपर्ने कार्यदल प्रयासरच रहेको छ ।

प्रतिक्रिया दिनुहोस्