Logo
Logo

सरकारी बैंकबाटै अब संसद् सचिवालयको सम्पूर्ण कारोबार


दृष्टि संवाददाता


काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोबार सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्न हुने भएको छ । यसअघि सरकारी खाताहरू एभरेष्ट बैंकमार्फत सञ्चालन गरिएको थियो । सांसदहरूले सरकारी खाता सरकारी बैंकबाटै सञ्चालन गर्नुपर्ने माग गरेपछि अब राष्ट्रिय वाणिज्य बैंकमार्फत कारोबार सुरु गरिएको हो ।

संसद् सचिवालयले २०७७ मंसिर १८ मा पूर्ण सरकारी स्वामित्व भएको बैंक राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो । संसद् सचिवालयले २०७८ असार ३१ गते पुनः ताकेता गरेको थियो ।

त्यसपछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्रिय वाणिज्य बैंकलाई समेत सिंहदरबार शाखाको स्तरोन्नति तनथा सेवा सुविधा विस्तारका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्