Logo
Logo

कर्णालीमा बेपत्तामध्ये एकको शव फेला


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली नदीमा डुंगा पल्टिँदा बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ । आइतबार सुर्खेतको चौकुने र कैलालीको मोहन्याल गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा डुंगा पल्टिँदा एक गर्भवती महिलासहित ४ जना बेपत्ता भएका थिए ।

एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । यस्तै एक बालकलाई उद्दार गरेर मोहन्याल गाउँपालिकाको शोल्टा स्वास्थ्य चौकिमा पठाइएको घटनास्थलमा रहेका चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले बताए ।

कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा खोप लगाउन आउने क्रममा डुंगा पल्टिएको थियो । बेपत्ता भएका व्यक्तिहरुको प्रहरी र स्थानीयद्धारा खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्