Logo
Logo

राजनराज–शान्ताको ‘पानी आउने धारो’


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २८ चैत । लेखक तथा कलाकार जीवन थापा ‘क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘पानी आउने धारो, मान्छन् सबले प्यारो’ युटुबमार्फत् सार्वजनिक भएको छ ।
शान्ता खत्री कार्कीको शब्द र रिमेश कुमारको संगीत रहेको उक्त गीतमा चर्चित गायक राजनराज शिवाकोटी र गीतकार समेत रहेकी शान्ताको कर्णप्रिय स्वर रहेको छ । भिडियोमा जीवन थापाका साथै आशिका अधिकारी र आरके थापा देशभक्तको अभिनय रहेको छ ।
गणेश थापाको निर्देशन रहेको भिडियोको छायाङ्कन मनोज राईले गरेका छन् । काठमाडौँ उपत्यका आसपासका स्थलमा छायाङ्कन गरिएको भिडियोको सम्पादन ललित सिंहले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्