Logo
Logo

चितवन सिंगापुरको सान्तोष आइल्याण्ड जस्तै बनाउँछौंः प्रचण्ड


- दृष्टि न्युज/संवाददाता



चितवन, २८ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई सिंगापुरको सान्तोषा आइल्याण्ड जस्तै पर्यटकीय हब बनाइने बताएका छन् । जिल्लामा पर्यटनको धेरै सम्भनावना भएकाले त्यसको विकासमा सरकार लागेको उनको भनाई थियो ।


चितवनमा बिहीबार फन पार्कको उद्घाटन गर्दै प्रचण्डले भने, ‘चितवन र नेपालले धेरै रेकर्ड बनाउनेछ र आउने अवधिमा एउटा सभ्यता, संस्कृति र समृद्धिको नयाँ युग नेपाल बन्नेछ।’ चितवन देशकै केन्द्र भागमा रहेको हुनाले हरेक क्षेत्रमा पर्यटनको विकासमा महत्वपूर्ण योगदान र्पुयाउने प्रचण्डको भनाइ थियो। त्यस्तै युवाहरुको प्रशंसा गर्दै उनले हरेक युवाले विदेश गएर हैन स्वदेशमै बसेर देश विकासमा लाग्न आग्रहसमेत गरे। प्रचण्डले नेपालमा भएका सबै परिवर्तन दलहरुबीचको सहमतिले सम्भव भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि पनि दलहरुबीच सहमतिबाटै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्