Logo
Logo

आत्मनिर्भर लघुवित्तको साधारण सेयर आउँदै


दृष्टि संवाददाता


काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधरण सेयर निष्कासन गर्ने भएको छ । यसका लागि सनराइज क्यािपटल लिमिटेडलाई संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

दाङको घोराहीमा रजिस्ट्रार कार्यालय रहेको उक्त कम्पनीले एक लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न सनराइज क्यपिटलसँग सम्झौता गरेको हो । कम्पनीले निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने जानकारी दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौगतवीर चौधरी र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्