Logo
Logo

सजग र सतर्क रहन सेनालाई प्रधानमन्त्रीको निर्देशन


- दृष्टि न्युज/संवाददाता





काठमाडौं, २८ चैत ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगत देखि नै उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरेका छन् । “नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायीक र मर्या्दित संगठनको रुपमा स्थापित गर्दै आएको छ ” प्रधानमन्त्री ओलीले भने “आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन,राष्ट्र निर्माणका कार्यहरु,नागरिक सैनिक सम्बन्ध बिस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ ।”


प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश अहिले स्थायीत्वको जगमा सुदृढ सुव्यवस्था र तीब्र विकासको बाटोबाट अघि बढेको पनि बताए । “समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पारी राष्ट्र विकास गर्ने हाम्रो संकल्प रहेको छ ” प्रधानमन्त्री ओलीले भने “विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ ।”
प्रधानमन्त्री ओलीले देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा समेत उत्पन्न हुन सक्ने सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ती सुरक्षासंग सम्बद्ध सुरक्षा निकाय समेत सदैव सजग र सतर्क रहनु पर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्