Logo
Logo

पत्रकार सम्मेलनबाटै विप्लवका नेताद्वारा ओली र प्रचण्डलाई धम्की


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २८ चैत ।

सरकारले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको एक महिना भइसकेको छ । सो पार्टीका करिब पाँच सय नेता तथा कार्यकर्ता पक्राउ समेत परिसकेका छन् ।


तर, धेरै जसो ठूला नेतालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । बुधबार कैलालीमा त एक नेताले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष प्रचण्ड तथा गृहमन्त्री रामबहादुर थापालाई धम्की दिएका छन् ।
पोलिटब्यूरो सदस्य ओम प्रकाश पुनले यस्तो धम्की दिएका हुन् । तर, उनको पत्रकार सम्मेलनको प्रहरीले भेउ नै पाएन । पत्रकार सम्मेलन गरेर समाचार आएपछि मात्र प्रहरीले थाहा पाएको हो । त्यतीबेलासम्म उनी महेन्द्रनगर हुँदै भारततर्फ भागिसकेका थिए ।
पत्रकार सम्मेलनमा उनले आफ्ना कार्यकर्ताहरु नछाडे अब स्थानीय तहका जनप्रतिनिधिहरु अपहरण सुरु गर्ने धम्की दिएका छन् । राज्यले नै युद्धको घोषणा गरेकाले आफूहरुले पनि अब हतियार उठाउने उनको भनाई थियो । गृहमन्त्री बादललाई उनले लालगद्दार भनि आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्